काठमाडौं, २ असार । संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गर्दै आएको संघीय गठबन्धनको रिले अनशन आज दसौँ दिनमा प्रवेश गरेको छ ।
काठमाडौंको खुलामञ्चमा जारी रिले अनशनको आजको नेतृत्व राष्ट्रिय मधेस समाजवादी पार्टीका उपाध्यक्ष अजय शाहीले गर्नुभएको रामसपाका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार आजको अनशनमा झण्डै तीस जना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।
अनशनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकी पत्नी तथा सांसद शैली महतो पनि अनशन बस्नु भएको छ ।
अनशनमा इजराइल अहमद, अनिता रौनियार, रामपुकार साह, मंगल चौधरी, ज्ञानुभाङ इम्बुङ लिुम्बुलगायत रहेको रामसपाका प्रवक्ता झाले बताउनुभयो ।












प्रतिक्रिया