१ कार्तिक २०८३, आइतबार

पाँचथरको फिदिम बजार अनूगमन तीब्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Panchthar-Phidim– कृष्ण ओझा

पाँचथर, २ असार । पाँचथरको फिदिम बजारका पसलहरु अनुगमन गरिएको छ । अनुगमनको क्रममा अखाद्य बस्तु विक्री गर्ने २१ पसलबाट ३५ हजार बराबरको सामान बरामत गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद रिजाल नेतृत्वमा बुधबार भएको बजार अनुगमनका क्रममा सो मूल्य बरावरका १७ बोतल वियर, ४२ बोतल हुस्की, क्वाटर र १३ पोका सुर्ती लगायत सामाग्री बरामद गरिएको प्रशासन फाट प्रमुख सुरेन्द्र दाहालले बताए ।

वना अनुमति संचालमा रहेका मदिरा तथा सुर्तीजन्य पसलहरुलाई सात दिनभित्र दर्ता गर्न समेत निर्देशन दिइएको दहालले बताए ।

नियम विपरित अनुमति नलिएर विक्री वितरण गर्ने पसलहरुलाई सात दिन भित्रमा पनि दर्ता नगरे कार्वाही अगाडि बढाउने स्थानीय प्रशासनले जनाएको छ ।