काठमाडौं, १ असार । नेपाल टेलिकमले फाइवर टुदी होम (एफटीटीएच) सेवाको महसुल दर घटाएको छ ।
आफ्ना उपभोक्ताहरुलाई मध्यनजर गर्दै टेलिकमले असार ३ देखि लागु हुने गरी एफटीटीएच सेवाको महसुल दर घटाएको लिकमकी प्रबन्धक मिनु प्रधानले जानकारी दिइन् ।
उनका अनुसार नयाँ महसुल अन्तर्गत एनटिसीको इन्टरनेट चलाउन चाहने उपभोक्ताहरुलाई ३ महिनाको प्याकेजमा १० एमविपिएस व्याण्डवीथ प्रदान गरिने छ । यसको महशुल ५ हजार १६० रुपैयाँ हुनेछ ।
नेपाल टेलिकमले ग्राहकको फाइवर काटिएर, चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनः सञ्चालन गराउनका लागि फाइवर परिवर्तन गर्नु परेमा प्रतिमिटर २० रुपैयाँ लिई जडान तथा सेवा सूचारु गर्ने जानकारी दिएको छ ।
टेलिकमले यसअघि पनि आफ्ना उपभोक्तालाई छुट तथा अफरहरु दिँदै आएको छ ।
हेर्नुस् टेलिकमद्धारा जारी सूचनाः

















प्रतिक्रिया