२६ कार्तिक २०८३, बिहिबार

भ्रमण गरेर फर्केकै बेला मोदीलाई अर्काे झट्काः अमेरिकाले छाड्यो भारतको साथ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modiकाठमाडौं, १ असार । अमेरिकी संसदले भारतलाई आफ्नो विशेष व्यवसायिक ग्लोबल पार्टनर बनाउने अमेरिकी राष्ट्रपति बराक ओबामा सरकारको विधेयक अस्वीकृत गरिदिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकाका चर्चित सिनेटर जोन मक्केनले प्रस्तुत गरेको उक्त विधेयक संसदका बहुमत सदस्यहरुले अस्वीकृत गरेका हुन् । यो विधेयकमा भारतलाई अमेरिकाले आफ्नो ग्लोबल स्ट्रेटजिक र डिफेन्स पार्टनरको दर्जा दिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदको संयुक्त बैठकलाई संबोधन गरेको एक दिनपछि उक्त विधेयक प्रस्तुत गरिएको थियो । जून बुधबार अस्वीकृत भयो ।

निकै आशा लिएर अमेरिका गएका मोदीलाई अमेरिकाको संसदले निर्णयले ठूलो झट्का लागेको विश्लेषण गरिएको छ । धेरैले मोदीलाई अमेरिकाले चिया पिलाएर पठाएको टिप्पणी गरेका छन् ।