२६ कार्तिक २०८३, बिहिबार

चुरे भावर पार्टीलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको पत्र (पत्रसहित)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-Badri-neupane

काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्ताको लागि निमन्त्रणा पठाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले उक्त पार्टीका अध्यक्षलाई सम्बोधन गरेर वार्ताको लागि आह्वान गरेर निमन्त्रणा पठाउनुभएको हो ।

प्रधानमन्त्रीले पठाउनुभएको पत्रमा नेपालको संविधान जारी भएपछि तराई मधेसलगायतका क्षेत्रमा विभिन्न मोर्चा तथा समूहले जारी गरेको आन्दोलनलाई निष्कर्षमा पुर्याउनका लागि जारी वार्तामा सहभागी हुन निमन्त्रणा गरिएको उल्लेख भएको सो पार्टीका अध्यक्ष बन्द्रीप्रसाद न्यौपानेले बताउनुभयो ।

प्रधानमन्त्रीको वार्ताका लागि गरिएको आह्वानपत्र विद्यमान राजनीतिक सङ्क्रमणको अन्त्यका लागि निकै फलदायी हुने भएकाले पार्टीले स्वागत गर्दै वार्तामा बस्न तयारी गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

उक्त पार्टीले समग्र चुरेभावर क्षेत्रलाई समेट्ने गरी बेग्लै प्रदेशको माग गर्दै विगतमा गरेको आन्दोलनका समयमा सरकारले नौबुँदे सहमति गरेको थियो ।

chure