२६ कार्तिक २०८३, बिहिबार

उपप्रधानमन्त्री केसीको पार्टी आन्दोलनमाः भोलीदेखि देशव्यापी अभियान चलाउने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitra-bahadur-Kc

काठमाडौँ, १ असार । राष्ट्रिय जनमोर्चाले मुलुकमा भएको महँगी, कालोबजारी, भ्रष्टाचारको विरुद्धमा देशभर अभियान चलाउने भएको छ ।

पार्टीले आज पत्रकार सम्मेलन गरी देश गम्भीर सङ्कटको घडीमा गएको भन्दै यसलाई बचाउनका लागि देशव्यापी अभियान चलाउन लागेको जानकारी दिएको हो ।

सम्मेलनमा पार्टीका महासचिव जनकराज शर्माले राष्ट्रियताको रक्षा, अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महँगी, भष्ट्राचारविरुद्ध साउन २ गतेदेखि २५ गतेसम्म गाउँ र जिल्लास्तरीय कोणसभा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता नेपालका लागि उपयुक्त नभएकाले यसको खारेजी हुनुपर्छ ।”

कोणसभा बुटवल, चितवन, पोखरा, धनगढी, विराटनगर, नेपालगन्जलगायतका क्षेत्रमा हुनेछ ।

महासचिव शर्माले सङ्घीयताको आडमा आएको जातीय राज्य, एक मधेस एक प्रदेश, बहुराष्ट्रवाद, पहिचानको आधारमा प्रदेशको सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र आदिले देशलाई विखण्डनको बाटोमा लैजाने स्पष्ट पार्नुभयो । रासस