हेटौँडा, १ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न चासो नदेखाएको आरोप लगाउनुभएको छ ।
नेता पौडेलले आज नेपाली काँग्रेस मकवानपुर क्षेत्र नं ३ को एकदिने क्षेत्रीय प्रशिक्षण कार्यक्रमलाई हेटौँडामा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
उहाँले अब संविधान कार्यान्वयनको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने बताउँदै संविधान कार्यान्वयनका लागि स्थानीय निकाय निर्वाचन गर्न आवश्यक छ भन्नुभयो ।
सो कार्यक्रममा क्षेत्र नं १ का सांसद ईन्द्रबहादुर बानियाँ, रघुरमण न्यौपाने, बुद्ध लामा र तारानाथ चौलागाईलगायतका वक्ताले काँग्रेस सङ्गठन विस्तार र नेतृत्व विकाससम्बन्धी विचार व्यक्त गर्नुभएको थियो । रासस













प्रतिक्रिया