१ कार्तिक २०८३, आइतबार

करिश्मालाई अमेरिकाबाट छोरीको प्रश्न- ‘ममी के भयो देशकै बेइज्जत गर्यौ रे?’

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karishma-manandhar

काठमाडौं । नयाँ शक्ति नेपाल पार्टी घोषणाको समारोहमा राम्रोसँग उद्घोषण गर्न नसकेका कारण चर्काे आलोचना खेपिरहेकी नायिका करिश्मा मानन्धरलाई उनकै छोरी कविताले अमेरिकाबाट फोन गरी देशकै बेइज्जत गर्यौ रे भनेर सोधेकी छिन् ।

नयाँ शक्ति नेपालको केन्द्रीय परिषद सदस्य समेत रहेकी करिश्माले बुधबार आफ्नो फेसबुकमामार्फत आफूलाई एकाबिहानै छोरी कविताले अमेरिकाबाट फोन गरेर देशकै बेइज्जत गर्यौ रे भनेर सोधेको जानकारी गराएकी छिन् ।

नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा उदघोषिका रहेकी करिश्माले कार्यक्रम राम्रोसँग सञ्चालन गर्न नसकेपछि निकै आलोचना भएको थियो ।

छोरी कवितासँग करिश्मा ।
छोरी कवितासँग करिश्मा ।

समारोहमा करिश्माले अंग्रेजीको राम्रो प्रोनाउन्स गर्न सकेकी थिइनन् भने कांग्रेस नेता प्रदीप गिरीलाई डा. प्रदीप भट्टराई भनेर बोलाएको, प्रधानमन्त्रीलाई मञ्चमा बोलाउँदा यतिबेला तपाईहरु बोर भएर बसिरहनु भएको होला तर चाडै स्टेजमा आउँदैं हुनुहुन्छ पीएम केपीजी’लगायतका गल्तीहरु गरेकी थिइन ।

सामाजिक सञ्जालमा पनि चुस्त रुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको, पटक-पटक विगारेको भन्दैं उनी आलोचनाको पात्र बनिन् ।

आफ्नी आमाको चर्को आलोचना सोसल मिडियामा देखेपछि कविताले फोन गरेर उक्त प्रश्न सोधेकी हुन् ।

करिश्माले लेखेकी छिन्, ‘मेरी छोरी कविताले युएसबाट विहानै फोन गरेर सोधिन मामी के भयो तिमीले देशकै वेइज्जत गर्यौं रे ?’

त्यसपछि करिष्माले आफूले कुटनीतिक ढंगको जवाफ फर्काएको बताएकी छिन् । उनले लेखेकी छिन, ‘अनि मैले भने छोरी मैले तिमीलाई जन्म दिए तर म चाहिँ फेरि जन्मिदैंछु ।’

हेर्नुस करिश्माले लेखेको स्टाटसः