९ कार्तिक २०८३, सोमबार

चीनले नेपालमा ड्रिम प्रोजेक्ट अगाडि सारेपछि ‘भारतीय दलाल’हरु सल्बलाए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china

काठमाडौं, १ असार । नेपालमा चीनले लगानी बढाउन थालेपछि दलालहरु सल्बलाएका छन् ।

हुँदाहुँदा उत्तरी छिमेकी मुलुक चीनले काठमाडौंमा मेट्रो ट्रेनसहित सुर्खेतमा सेनाको मध्ये एअरबेस खोल्ने, भू-उपग्रहसहित मधेसका जिल्लामा ४/५ वटा ठूला परियोजना सञ्चालनमा ल्याउनेलगायत झन्डै दुई दर्जन स्वप्न परियोजना सुरु गर्ने कुराको सुइँको पाएपछि अहिले काठमाडौंमा दक्षिणी सल्बलाहट देखिने गरी बढेको छ ।

लाजिम्पाटस्थित होटल र्याडिसन र बौद्धको हायात रिजेन्सीमा दक्षिणका पहुलनाको भीड छ । यहि मेसोमा नेपालस्थित अमेरिकी राजदूत एनाई बी टेप्लिज आइतबार आठ सदस्यीय टीमसहित हिमालपारिको जिल्ला मुस्ताङ छिरेकी छन् ।

आज असार १ देखि २५ दिनका लागि उपल्लो मुस्ताङमा चिनियाँ व्यापार मेला सुरु हुँदैछ ।

अमेरिकी राजदूतका लागि नेपालको अति विकट क्षेत्र, त्यसमाथि चिनियाँ सुरक्षा अधिकारीको निर्वाध आउ जाउ चल्ने ठाउँमा भ्रमण हुने सामान्य भन्दा फरक रुपमा हेरिएको छ ।

जनआस्था साप्ताहिकमा खबर छ ।