१ कार्तिक २०८३, आइतबार

फिल्म ‘हिमालकी रानी’मा क्याप्टेन बिजय लामा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himal ki rani

काठमाडौं । हिमाली भेगको वास्तबिक कथालाई समेटेर अगाडि बढेको छ, चलचित्र ‘हिमालकी रानी’ ।

निर्देशक रोशन फ्युबा तामाङद्धारा निर्देशित यस चलचित्रको ९० प्रतिशत भाग छायांकन सकिएको छ । गणेश हिमालको आसपास धादिङको तिप्लिङ र रसुवाको गत्लाङ मा अधिकांश दृश्यांकन गरिएको हो । दुर्गम गाउँ त्यसमाथि हिमालको कुहिरो भित्र लेकबेंशी गर्दै जीवन बिताएकी चेलीको कथा समेटिएको छ । त्यही चेली अन्ततः चौरी गोठालो हुदै चिज उद्ममी बनेको पाठ कथाले दिएको छ ।

himal ki rani-1

स्थानीय कलाकारहरु क्रमशः प्रदिप फ्युबा, शान्ता लामा, प्रकाश वाईबा ,लक्ष्मी घिसिङ, मर्नेन वाईबा, कान्छा लामा, गोम्बो तामाङ, गा घले जयबिर तामाङ, महेन्द्र तामाङ लगायतले अभिनय गरेका छन् । निर्देशक तामाङको कथा–पटकथा–सम्बाद–गीत रचना–संगीत रहेको यस चलचित्रमा प्रकाश वाईबाले छायांकन गरेकोे छ भने सिङ्ग तामाङकोे नृत्य र महेन्द्र तामाङको द्धन्द्ध रहेको छ ।

ल्हाप्साङकार्पाे म्युजिक सेन्टर प्रा.लि. को प्रस्तुतीमा निर्मित यस चलचित्रको बाँकी दृश्य काठमाण्डौमा छायांकन गरिने भएको छ । जसमा अभिनेता क्याप्टेन बिजय लामाको अभिनय रहने कुरा सञ्चार संयोजक अर्जुन बहादुर तामाङले जानकारी गराए । ल्हाप्साङकार्पो समूहको निर्माण रहेको यस चलचित्र निर्देशक तामाङको तेस्रो चलचित्र हो ।