९ कार्तिक २०८३, सोमबार

नेटवर्किङ व्यवसायलाई कानुन बनाएर थप कडा गरिँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

networking-to-grow-your-businessकाठमाडौं, १ असार । सरकारले नेटवर्किङ व्यवसायलाई बैधता दिएपनि पिरामिड शैलीमा यस्तो व्यवसाय गर्न नपाउने व्यवस्था गर्ने भएको छ ।

सदस्य संख्या बढाउँदै पिरामिड आकारमा सञ्जाल विस्तार गरी बस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले ठगी गरेपछि सरकारले कानुन बनाएरै यस्तो व्यवसायमा प्रतिबन्ध लगाएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

वाणिज्य मन्त्रालयले तयार गरेको बस्तु तथा सेवा प्रत्यक्ष बिक्री एेनमा यस्तो व्यवस्था गरिएको छ ।

सर्वोच्च अदालतले ६ वर्षअघि नै नेटवर्किङ व्यवसायसम्बन्धी कानुन बनाउन सरकारलाई आदेश दिएको थियो ।

संविधानबमोजिम कुनै पेसा व्यवसाय गर्न रोक्न नमिल्ने भएकाले नेटवर्किङ व्यवसायलाई भने बैधता दिइने भएको छ ।

सोही बमोजिम नेटवर्किङको ठगी रोक्न तथा नियमन गर्न ऐन तयार पारिएको वाणिज्य मन्त्रालयले जनाएको छ ।

वाणिज्य मन्त्रालयका कानुन उपसचिव श्रीरामजी दर्नाइका अनुसार नयाँ कानुनले नेटवर्किङ व्यवसाय गर्न पाइने व्यवस्था गरेको छ ।

युनिटी लाइफ इन्टरनेश्नल, हर्वो इन्टरनेशनल, गोलक्वेस्ट, क्रिस्टल भिजन लिमिटेडलगायतले पिरामिड आकारको व्यवसाय सञ्चालन गरी नेपालीलाई ठगी गरेपछि सरकारले प्रतिबन्ध लगाएइको थियो ।

युनिटी लाइफ र हर्बो इन्टरनेसनलका सञ्चालकलाई पक्राउ गरी कारबाही भइसकेको छ ।