३० आश्विन २०८३, शुक्रबार

टेलिकमको एडिएसएल इन्टरनेट कामै नलाग्ने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

internetराजविराज, ३२ जेठ । नेपाल टेलिकम शाखा राजविराजले वितरण गरेको इन्टरनेट सेवा एडिएसएलको नेट विगत एक महिनादेखि कछुवाजस्तै सुस्त गतिमा चलेपछि यहाँका सेवाग्राहीबाट गुनासो आएको छ ।

सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न स्थानमा टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेट सेवा दिन प्रतिदिन सुस्त गतिमा चलेकाले उपभोक्ता अत्यन्त मारमा परेको सेवाग्राहीले गुनासो गरेका छन् ।

शाखाले यहाँ वितरण गरेको एडिएसएल इन्टरनेट सेवा दिउँसो र बेलुका बढी अति ढिलो हुुने गरेको उपभोक्ता विष्णुदेव शर्माले गुनासो गर्नुभएको छ ।

राजविराजबाट प्रकाशित हुने पत्रपत्रिका तथा साप्ताहिक पत्रपत्रिकाको कार्यालयमा जडान गरिएको एडिएसएल इन्टरनेट अत्यन्तै सुस्त गतिमा चलेपछि कामकाज प्रभावित हुनुका साथै समयमा पत्रिका प्रकाशन गर्नमा समस्या भइरहेको राजविराजबाट प्रकाशित न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादवले बताउनुभयो ।

इन्टरनेटको राउटरमा नेटवर्क देखिए पनि कुनै बेवसाइट खोल्ने क्रममा घन्टौँसम्म लाग्ने यादवले गुनासो गर्नुभएको छ । यस्तै, राजविराजस्थित गजेन्द्र चोकमा रहेका मास इन्स्टिच्युटमा जडान गरिएको एडिएसएल नेट सुस्तगतिमा चल्दा इन्स्टिच्युटमा पढ्न आउने विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट सिकाउन समस्या भएको प्रोपाइटर शैलेन्द्र सिंहले बताउनुुभयो । साथै, समयमा पढाइको पाठ्यक्रम पुरा गर्न गाह्रो भएको उहाँले जानकारी दिनुभयो ।

यस सम्बन्धमा नेपाल टेलिकम शाखा कार्यालय राजविराजलाई पटकपटक जानकारी गराईए पनि हालसम्म कुनै चासो नलिएको बताइएको छ । रासस