काठमाडौं, ३२ जेठ । संविधान पुनर्लेखनको माग गर्दै संघीय गठबन्धनले जारी राखेको रिले अनशन आज आठौँ दिनमा प्रवेश गरेको छ ।
रिले अनशनको आजको नेतृत्व थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष गंगा चौधरीले गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
रिले अनशनमा संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, रामसपाबाट रामजी श्रेष्ठ, फोरम गणतान्त्रिकका गजाधर यादवलगायतका नेताहरू बसेका छन् ।
राजाधनी केन्द्रित आन्दोलन गर्दै आएको गठबन्धनले जेठ २५ गतेदेखि काठमाडौंको खुलामञ्चमा रिले अनसन सुरू गरेको हो । अनसन असार मसान्तसम्म चल्नेछ ।
यसैबीच, संघीय गठबन्धनको सचिवालयको बैठक बस्दैछ । तिनकुनेस्थित संघीय गठबन्धनको मुख्यालयमा बस्ने बैठकमा रिले अनसन र भावी कार्यक्रमका विषयमा छलफल हुने रामसपा प्रवक्ता एवम् सचिवालय सदस्य झाले बताउनुभयो । ‘रिले अनसन जारी छ’, उहाँले भन्नुभयो, ‘यसैलाई व्यवस्थित बनाउन सचिवालयको बैठक बस्न लागेको हो ।’












प्रतिक्रिया