१ कार्तिक २०८३, आइतबार

अभिनेत्री करिश्माले आफ्ना पतिलाई छाडिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karisma-kapoorमुम्बई । बलिउड अभिनेत्री करिश्मा कपूर र उनका पति संजय कपूरबीच सम्बन्ध विच्छेद भएको छ । करिश्मा र संजय लामो समयदेखि अलग–अलग बस्दै आएका थिए ।

उनीहरूबीचको पारिवारिक विवाद करीव आठ वर्षका दौरानमा बाहिरिएको थियो । सोमबार मुम्बईको पारिवारिक अदालतमा करिश्मा र संजयले सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् । यसअघि करिश्माले आफ्ना पति संजय र सासुविरुद्ध दाइजो मागेको भनेर उजुरी दिएकी थिइन् ।

पछि यो विषयलाई आपसी सहमतिमा मिलाइएको थियो । करिश्मा र संजयबीच सन् २००३ मा विवाह भएको थियो । करिश्मा र संजयका दुई बच्चा पनि छन् ।

सम्बन्ध विग्रिएपछि करिश्माले संजयको दिल्लीस्थित घर छाडेर गएकी थिइन् । त्यसपछि करिश्मा मुम्बईमा बस्दै आएकी छिन् । करिश्मा आजकाल टिभी कार्यक्रमका साथै अवार्ड कार्यक्रमहरूमा करिश्मा आफ्नी बहिनी करीनासँग जाने गरेकी छिन् । – एजेन्सी