काठमाडौं, ३२ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भूकम्पपीडित जिल्लाका सर्वसाधारणहरूका विषयमा आफ्ना सांसद र नेताहरूसँग छलफल गर्दैछ ।
अहिले केही समयपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सम्बन्धित जिल्लाका सांसद र जिल्ला सभापतिहरूको संयुक्त बैठक बोलाउनु भएको हो ।
बैठकमा भूकम्प प्रभावित क्षेत्रमा सरकार तथा पुनर्निर्माण प्राधिकरणले हालसम्म गरेका वा नगरेका कामकाजका बारेमा छलफल गरिने कांग्रेसले जनाएको छ ।
संसदमा प्रभावकारी रुपमा आवाज उठाउने उद्देश्यले भूकम्प प्रभावित जिल्लाका कांग्रेसका सांसद र जिल्ला सभापतिहरूसँग परामर्श गरी संसदमा कुरा उठाउने जनाइएको छ ।












प्रतिक्रिया