९ कार्तिक २०८३, सोमबार

सहिद र द्वन्द्वपीडितका नाममा माओवादी नेताहरूले यसरी खान्छन् पैसा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडां, ३२ जेठ । सरकारले नेकपा (माओवादी केन्द्र)का नेता सम्बद्ध एक गैरसरकारी संस्था (एनजिओ)लाई मापदण्डबिनै करोडौं अनुदान दिँदै आएको खेलेको छ ।

द्वन्द्वपीडित क्षेत्रमा कार्य गर्दै आएको सहिद प्रतिष्ठान नेपाल नामक एनजिओलाई शिक्षा मन्त्रालयले द्वन्द्वपीडित शिक्षा कार्यक्रम शीर्षकमा मापदण्डै नबनाई बर्सेनि करोडौं रकम उपलब्ध गराउँदै आएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

मन्त्रालयमार्फत उपलब्ध हुने यस्तो रकम कुन शीर्षकमा, कसरी खर्च हुन्छ भन्ने अनुगमनसमेत हुँदैन । प्रष्ट नीतिबिनै बाँडिने रकम चरम दुरुपयोग हुने गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार मन्त्रालयले विगत ९ वर्षदेखि उक्त संस्थालाई राजनीतिक विचार र पहुँचकै भरमा करोडौं दिँदै आएको छ ।

प्रतिष्ठानले यो आर्थिक वर्षमा मात्रै ८ करोड रुपैयाँ पाएको संस्थालाई आगामी आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ दिन तयारी गरेको छ ।

सहिदका छोराछोरी पढाउने उक्त एनजिओका कार्यक्रम र अनुदान खर्चबारे अहिलेसम्म कुनै अनुगमन भएको छैन ।