१ कार्तिक २०८३, आइतबार

चीन जोड्ने रसुवागढी-केरुङ मार्गमा सुरुङ बनाउन एमाले नेता पाण्डेको सुझाव

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surendra pandey

त्रिशूली (नुवाकोट), ३१ जेठ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले राष्ट्रिय सरकार बन्छ भने एमालेले सरकारको नेतृत्वको लोभ नगर्ने बताउनुभएको छ ।

सदरमुकाम विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सरकारका लागि एमाले हदैसम्म लचक हुने बताउनुभयो । “राष्ट्रिय सरकार बन्छ भने एमाले सरकारको नेतृत्वको लोभ गर्दैन, व्यक्तिका बारेमा खुला छ, नेतृत्वमा बाधक हुँदैन, नेता पाण्डेले भन्नुभयो, “सरकार परिवर्तन प्रमुख विषय होइन, बजेटको कार्यान्वयन, नयाँ संविधानको कार्यान्वयन जस्ता पक्ष प्रमुख हो । सबै दलको ध्यान त्यसमै जानुपर्छ ।”

पूर्वअर्थमन्त्री पाण्डेले अहिले बजेट र संविधानको कार्यान्वयन अवसर र चुनौतीका रुपमा रहेका कारण वर्तमान सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने जनाउँदै संविधान र सङ्घीयताको कार्यान्वयनबाट देशको नयाँ अध्याय सुरु हुने समेत बताउनुभयो ।

नयाँ कानुन निर्माण गरेर स्थानीय निकाय, प्रदेश र, संसदीय निर्वाचन तथा उच्च अदालतको व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले अहिलेको आवश्यकता स्थानीय निकायको निर्वाचन रहेका कारण यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौँ–छहरे, वेत्रावती–रसुवागढी सुरुङ मार्ग निर्माण गरेर आयात निर्यात व्यापारलाई प्रमुखता दिन सकिने र नेपाल–चीन प्रवेशको छोटो र महत्वपूर्ण नाका रसुवागढी भएका कारण यसको सडक मार्गको विस्तार र सम्भव भएका स्थानमा सुरुङ मार्ग निर्माण गरिनुपर्ने बताउनुभयो ।

आयातका कारण नेपालको रकम बिदेसिने भएको हुँदा नेपालले निर्यातमूलक व्यापारमा बढावा दिए राजस्व बढ्ने बताउँदै उहाँले नेपालबाट एसियाका चीन, भारत र बङ्गलादेश तथा युरोप, अमेरिका महादेशतर्फ निर्यात हुने सामग्री उत्पादनमा लाग्न व्यवसायीलाई सुझाव दिनुभयो । रासस