१ कार्तिक २०८३, आइतबार

निर्देशकले यी हिरोइनलाई शुटिङ स्पटमै सेक्स गर्न भनेपछि…

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitrangada-Singh-Wallpaper

मुम्बई । बलिउड अभिनेत्री चित्रांगदा सिंहलाई एक निर्देशकले फिल्म शुटिङका क्रममा सबैका अगाडि सेक्स गर्न भनेपछि फायर भएकी छिन् ।

हालै ‘बाबूमोशाय बन्दूकबाज’ फिल्मको शुटिङ नै छाडेर हिडेकी चित्रांगदालाई यही फिल्मका निर्देशक कुशान नन्दीले अभिनेता नवाजुद्दीन सिद्दीकीसँग सेक्स गरेको सीन मागेका थिए । तर, चित्रांगदाले यही विषयलाई लिएर शुटिङ सुरु गरेको ६ दिनमै फिल्म नै छाडेकी छिन् ।

उनी शुटिङ स्पटबाट रुँदै मुम्बई फर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

chitranda-singh__14658010

चलचित्रको एक दृश्यमा नवाज चित्रांगदालाई तानेर वेडमा ल्याउँछन् । पहिलो टेकबाट निर्देशक खुशी भएनन् । उनले चित्रांगदालाई नवाजुद्दिनको माथि आउन आग्रह गरे । उनले भने- ‘आफ्नो खुट्टा घोट अनि नवाजुद्दिनसँग सेक्स गर ।’

निर्देशक कुशानको यो आदेशले नायिका भड्किइन् । उनले कुशानलाई भनिन्–‘तिमी कसरि यत्रो यूनिटको अगाडि मेरो अपमान गर्न सक्छौ ।’ यति भनेर चित्रांगदा सेटबाट निस्किएकी थिइन् । उनी रुँदै सेटबाट बाहिर निस्किइन् र नवाजुद्दिनसँग कुरा गर्दै चलचित्र छाडेको बताइन् ।

चित्रांगदा अक्षयकुमारको फिल्म देशी ब्वाईजबाट चर्चामा आएकी थिइन् । पछिल्लो समय उनी सफल हुन संषर्घरत छिन् ।