१ कार्तिक २०८३, आइतबार

दोहोरी गीत प्रतिष्ठानको विडण्डा : गिटी कुट्नेदेखि उद्योगी-व्यवसायीसम्म सदस्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokdohori-partihan-Rupandehi

– विकाश पराजुली

बुटवल । लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रुपन्देहीको छैठौ अबिधेशनमा सदस्यता विस्तारमा वितण्डा देखिएको छ ।

लोक तथा कला सँग सम्बन्धित व्यक्तिहरुले मात्र सदस्यता लिनुपर्नेमा त्यसो नभई प्रतिष्ठानले सामान्य गिटि कुट्ने देखि उद्योगी व्यवसायी, राजनितीक दलका प्रतिष्ठित व्यक्तिहरु, शिक्षक, विद्यार्थी लगायतलाई सदस्यता विस्तार गरेको छ ।

Lokdohori-partihan-Rupandehi-2

लोक तथा दोहोरी के हो ? भन्ने थाहा नभएकाहरुलाई समेत सदस्यता विस्तार गरेपछि यतिबेला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्द्येहीको चौतर्फी आलोचना भएको छ । प्रतिष्ठानको छैठो अबिधेशनका क्रममा निर्वाचन प्रक्रियामा सहभागी भएका सदस्यहरुको विषयलाई लिएर चौतर्फी आलोचना भएको हो ।

जेठ ३० गते भएको निर्वाचनका क्रममा आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरुले आफुखुसी जस्तो सुकै व्यक्तिलाई पनि सदस्यता विस्तार गर्ने गरेको भेटिएको छ । यति सम्म कि राम्रो सँग नाम लेख्न नसक्नेहरुलाई समेत सदस्यता दिएको भेटिएको छ । निर्वाचनको अवधि सम्म आएका सदस्यहरुको प्रकिृती हेर्दा लाग्थ्यो कि यो वडाको निर्वाचन भन्दा कम छैन् ।

Lokdohori-partihan-Rupandehi-1

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रुपन्देहीका पुर्व अध्यक्ष बैकुण्ठ महतले विधान कमजोर बन्दा यस्तो स्थिती आई परेको बताए । उनले अब हुने महाधिबेशनले विधानलाई परिमार्जीत गर्ने बताए ।

निर्वाचनमा १६ बर्ष उमेर नपुगेका बालबालिका, शिक्षक, पत्रकार, विद्यार्थी, राजनितीक दलका नेता तथा कार्यकर्ता, उद्योगी एवं मजदुरहरुले मत अधिकार प्राप्त गरेका थिए ।

निर्वाचनलाई आफ्नो पक्षमा पार्न उम्मेदारहरु जो सुकैलाई पनि सक्दो सदस्यता दिने तयार भएका देखिन्थे ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका बद्री पंगेनीले यस्तो अबस्था विधानले गरेकाले अब भने त्यस्तो अबस्था नहुने बताए । उनले यस बाट पनि आफुले धेरै पाठ सिकेको भन्दै यसलाई सुधार गर्नुपर्ने जरुरी रहेको बताए ।