– विकाश पराजुली
बुटवल । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको छैठौ अबिधेशनबाट दिपक गरौजा अध्यक्षतामा विजयी भएका छन् ।
आइतबार भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार मोदनाथ बेलबासेलाई १ सय ४९ मतले पछि पार्दै दिपक गरौजा विजयी भएका हुन । बेलबासेले कुल खसेको ८ सय ४७ भोट मध्ये ३ सय १८ मत प्राप्त गरे भने विजयी बनेका गरौजाले ४ सय ६७ मत प्राप्त गरे ।
यसैगरी प्रथम उपाध्यक्षमा विजय सापकोटा विजयी भएका छन् । प्रतिद्वन्द्वी चन्दै अधिकारीलाई १ सय ८८ मतले पछि पार्दै सापकोटा विजयी भएका हुन । अधिकारीले २ सय ६७ मत प्राप्त गरे भने विजयी बनेका सापकोटाले ४ सय ५५ मत प्राप्त गरे । द्धितिय उपाध्यक्षमा दिपक कार्की निविर्रोध निर्वाचित भए ।
यसैगरी सचिवमा दिपु मगर विजयी भएका छन् । तीन जना प्रतिस्पर्धाीलाई पछि पार्दै मगर विजयी बनेका हुन । प्रतिद्वन्दी विधान कार्कीले २ सय ५८ मत तथा दिनेश खड्काले १ सय १७ मत प्राप्त गरे भने विजयी बनेका मगरले ३ सय ८९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा नारायण भुषाल निर्विरोध निर्वाचित भए । सह कोषाध्यक्षमा ५ सय ८ मत प्राप्त गर्दै रुपा जि.एम विजयी भएकी छिन् । यो मत सवैभन्दा बढि हो । प्रतिद्वन्द्वी रुकु पाण्डेलाई २ सय ५१ म्तले पछि पार्दै रुपा विजयी भईन । प्रतिद्वन्द्वी पाण्डेले २ सय ५७ मत प्राप्त गरे ।
यसैगरी सह कोषाध्यक्षमा बालचन्द्र बराल विजयी भएका छन् । प्रतिद्वन्द्वी हरिमाया रायमाझिलाई पछि पार्दै बराल विजयी बने । रायमाझिले ३ सय ४६ मत प्राप्त गरिन भने बरालले ४ सय १८ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरुमा बसन्त लम्साल (५६५), उज्वल गिरी (५३९), राज के.सी (४७१), यमुपुन मगर (४७१), महेश खनाल (४६४), दिपक दलार्मी (४६०), टिकाराम गौतम (४४८), मिलन वि.सी (४४४), पुरुपोत्तम पौडेल (४३५),रेशम खनाल (४३४) र सञ्जय सौगात (४२१) विजयी भए । ११ पदका लागि १७ जनाले प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी ४ जना महिला सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा रितु थापा, सिता शर्मा “सित्तल”, प्रिया भण्डारी र रेनु राना विजयी भएको प्रम्ख निर्वाचन अधिकृत विमलराज भट्राईले जानकारी दिए ।
















प्रतिक्रिया