काभ्रे, ३१ जेठ । राजधानीसँगै जोडिएको जिल्ला भएर पनि काभ्रेको कर्णाली भनेर चिनिने डाडापारि क्षेत्र आगामी वर्षभित्रै सडक संजालसँग जोडिने भएको छ ।
काभ्रे क्षेत्र नं. १ का सांसद सदस्य तीर्थ लामाको पहलमा निर्माण आरम्भ भएको सडकखण्डको काम तीब्र गतिमा अघि बढेसँगै यस भेगका जनतामा यातायात पहुँचको आशा पलाएको हो ।
मोटर सुविधाका लागि १ दिनभन्दा बढिको पैदल यात्रा गर्न बाध्य यस भेगका ५ गाविस बुढाखानी, फोक्सिङटार, वनखुचौर, घर्तिछाप र गोकुलेमा मोटरबाटो पुर्याउन सांसद लामाले २०७० मंशिर ४ को संविधानसभा निर्वाचनबाट निर्वाचित भएलगत्तै केन्द्रिय स्तरबाटै योजना पार्ने काम गर्नुभएको थियो । अहिलेसम्म ६ करोड २५ लाख बजेट यस योजनामा परिसकेको तथा यस वर्ष थप १० करोड बजेट पार्ने काम भएको सांसद लामाले बताउनुभयो ।
‘दोश्रो संविधानसभा निर्वाचनमा मैले यस भेगमा रहेका जनतामाझ लोकतान्त्रिक संविधान निर्माण र यस भेगका पाँचवटै मोटरबाटो नपुगेको गाँउमा मोटरबाटो पु¥याई छाडने प्रतिवद्धता गरेको थिए यसै अनुरुप जनताले चाहेको लोकतान्त्रिक संविधान जारी गर्न हामी सफल रहयौ भने काभ्रेको डाडापारि भेगका ५ वटै गाविसमा मोटरबाटो पु¥याउने काम अन्तिम चरणमा पुगेको छ ।’
प्रजातन्त्र प्राप्तिपछि २०४८ मा भएको आम निर्वाचनसँगै यस भेगका जनतालाई मोटरबाटोको आश्वासन दिएर भोट बटुल्ने मात्र काम गरेका यसअघिका जनप्रतिनिधीहरुको व्यवहारबाट निराश भएका यहाँका जनता मोटरबाटोको निर्माणको काम तिब्र गतिमा अघि बढेसँगै हर्षित भएका छन् । ‘निर्वाचित भएको करिव २ वर्षको अवधिमा आफनो प्रतिवद्धता अनुसार काम गर्न सफल भएकोमा उत्साहि भएको छुु आगामी वर्ष मोटरबाटोको काम सम्पन्न गरेलगत्तै यस भेगमा शिक्षा र आधुनिक कृषिका लागि थप कार्यक्रमहरु शुरु गर्नेछु ।’ सांसद लामा बताउनुहुन्छ ।
क्षेत्र नं. १ को कोसिपारी क्षेत्र, तिमाल क्षेत्र लगायत अन्य क्षेत्रमा पनि शिक्षा, खानेपानी तथा स्वास्थ्य क्षेत्रमा विशेष सहयोग पु¥याउदै आउनुभएको सांसद लामाले त्यस क्षेत्रकै सबैभन्दा विकट र पिछडिएको डाडापारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम थाल्नुभएको हो । यसअघिका जनप्रतिनिधीहरु आश्वासन मात्र बाढने र निर्वाचित भएपछि गाँउघरमा फर्केरै नजाने परिपाटीको अन्त्य गर्दै विकास निर्माणका काममा अहोरात्र खटने सांसद लामाप्रति यस क्षेत्रका जनताहरु निकै आशावादी बनेका छन् ।
















प्रतिक्रिया