२६ कार्तिक २०८३, बिहिबार

सरकारी वार्ताको कुनै अर्थ छैनः अशोक राई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ashok-rai

काठमाडौं, ३१ जेठ । संघीय गठबन्धनको रिले अनसन शहिदमञ्चमा सातौं दिनमा जारी छ ।

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोककुमार राईको नेतृत्वमा गठबन्धनसम्बद्ध दल र समुहरूको ३० जना नेता तथा कार्यकर्ताहरू बिहानै ७ बजेदेखि अनसन बसेका छन् ।

नयाँ शक्ति पार्टी घोषणा कार्यक्रमलाई जेठ ३० गते सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत दलहरुलाई पत्र पठाइसकेको बताएका थिए ।

तर, आन्दोलनरत गठबन्धनसँग अझै पत्र आइनसकेको अनसनमा बसिरहेका संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले बताए ।

‘प्रधानमन्त्रीज्यूले हिजो एउटा सभामा घोषणा गर्नुभएको पत्र आउँदै होला भन्ने सोचाईंमा छौं । आएपछि हामी बैठक बस्छौं, छलफल गर्छौं र त्यसमा कसरी अगाडि बढ्ने भन्ने विषयको निर्णय गर्छौं ।’

Rile Ansan_30 Jetha (2)

‘सरकारसँग ३६–३६ पटक वार्ता भइसकेको छ, अबको वार्ता विश्वासको वातावरण बनाएर मात्र हुनुपर्छ,’ ससफो नेपालका संसदीय दलका नेता राईले भने, ‘अबको वार्ता हाम्रा पूर्व शर्तहरुलाई पुरा गरेर मात्र वार्ताको वातावरण बनाएर एउटा परिणाम निस्किने गरिकन मात्र हुनु वाञ्छनीय छ । वार्ताको हल्ला गर्ने, जनतालाई आस देखाउने र निराश बनाउने वार्ताको अर्थ छैन ।’

वार्ताका लागि प्रधानमन्त्री स्वयम् मानसिक रुपले तयार हुनुपर्ने तर अहिलेसम्म त्यो तत्परता नदेखिएको समेत राईले बताए ।

शहिदमञ्चमा जारी अनसनलाई देशका विभिन्न जिल्लाहरूमा पनि रिले अनसन बसेर ऐक्यबद्धता जाहेर गर्ने क्रम पनि जारी नै छ ।

कास्कीको पोखरामा एक हप्ते रिले अनसन आज सोमबार सकिदैछ भने इलाममा हिजो आइतबार एक दिन अनसन बसिएको थियो ।