काठमाडौं, ३१ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आफ्नो जनकारवाही अभियानमा दमन भए प्रतिकार गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समय कर नतिरेको भन्दै लगातार एनसेलका टावर जलाएर खरानी बनाइरहेको विप्लव माओवादीमाथि सरकारले कारवाही गर्ने चेतावनी दिएलगत्तै महासचिव विप्लवले सोमबार दिउँसो सामाजिक सञ्जालमामार्फत स्थानीय प्रशासन र प्रहरीलाई जवाफ फर्काएका छन् ।
उनले भनेका छन्- ‘हामी तिम्रा जस्तोसुकै र जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्छौं, किनकि त्यो तिम्रो बेईमानी, गद्दारी, चाकडी, कालोबजारी र लुटको जगमा उभिएको छ । अनि टावरका रक्षक बनेका बिश्वासघाती (प्रहरी)हरु, हामीले तिमीलाई पनि राम्रैसंग चिनेका छौ, याद गर दमन भए प्रतिरोध हुनेछ ।’
विप्लवले जनकारवाही अभियानलाई अझै सशक्त बनाउने संकेत समेत गरेका छन् ।













प्रतिक्रिया