९ कार्तिक २०८३, सोमबार

बाबुरामले आफैँले बनाएको नियम पहिलो दिनमै मिचे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattrai-news

काठमाडौं, ३१ जेठ । ‘नयाँ शक्ति नेपाल’ ले तयार पारेको पार्टीको विधानमा प्रमुख वक्ताले २५ मिनेटभन्दा बढी बोल्न नपाउने व्यवस्था छ ।

कार्यक्रममा शुभकामना दिन आएका सबैलाई पार्टीका विधान अनुसार ५ मिनेटभन्दा बढी बोल्न दिइएन । तर नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भने नियमलाई मिच्दै झण्डै पौने घण्टा भाषण गरे । अपराहन ४ बजेर ४० मिनेटबाट प्रमुख वक्ताको रुपमा सम्बोधन सुरु गरेका बाबुरामले ५ बजेर २३ मिनेटसम्म भाषण गरे ।

अन्य वक्तालाई स्वयंसेवक र कार्यक्रम सञ्चालकले प्रत्येक ५ मिनेटमा कागजमा टुक्रामार्फत समय सकिएको जानकारी गराए तर बाबुरामलाई जानकारी दिइएन । कमाण्डर पोष्ट दैनिकमा खबर छ ।