३० आश्विन २०८३, शुक्रबार

अधिकांश सडक निर्माण अलपत्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancyकपिलवस्तु, ३१ जेठ । अर्थ मन्त्रालयले चालु आवमा खर्च हुने गरी गत वर्षको बजेट पुस्तिकाअर्थात् रातो किताबमा राखेर बजेटसहित सार्वजनिक गरेका कपिलवस्तुका अधिकांश सडक निर्माणका योजनामा काम नहुँदा अलपत्र परेका छन् ।

कपिलवस्तुका एक दर्जनभन्दा बढी नयाँ र महत्वपूर्ण सडक निर्माणका लागि पहिलो पटक बजेट विनियोजन भएको काम हुन सकेन । त्यस्तै अर्कोतर्फ राजमार्गलाई सदरमुकाम जोड्ने दुई सडकको स्तरोन्नति हुने पुस्तिकामा स्पष्ट लेखिएको थियो ।

लामो समयदेखि सिंगल लेनको रुपमा सञ्चालन हुँदै आएको चार नम्बर जीतपुरदेखि सदरमुकाम तौलिहवासम्म जोड्ने सडक दुई लेन बनाउन बजेट पुस्तिकामा राखिएको थियो ।

बजेट पुस्तिकामा गोरुसिङ्गेलाई तौलिहवा जोड्ने सडक कालोपत्र गर्ने प्रक्रिया तत्काल सुरु गर्ने उल्लेख थियो । एकै साथ दुईतर्फबाट सदरमुकाम जान सुविधा हुने गरी बजेट पुस्तिकाले कपिलवस्तुका सडकको स्तरोन्नति गर्न बाटो खुल्ला गरेको थियो ।

तर अहिले आर्थिक वर्ष समापन हुनै लाग्दा बाँकी ती काम कतै पनि सुरु हुन सकेका छैनन् । कहीँकतै सुरु भए पनि आंशिक मात्र हुन पुगेको तथ्य बाहिर आएको छ ।

जीतपुर तौलिहवा सडकलाई डबल लेनको बनाउने काम केवल सर्वेमा मात्र सीमित रह्यो भने गोरुसिङ्गे तौलिहवा जोड्ने सडक ग्राभेल मात्र भयो । अहिलेसम्म पक्की हुने काम सुरु नै हुन सकेकोे छैन ।

तत्कालिन सरकारका तर्फबाट चालु आवका लागि बजेट विनियोजन गरेको अधिकांश सडक जिल्लाको क्षेत्र नं १ सँग जोडिएका थिए । कपिलवस्तुका निर्माणाधीन सबै सडकका लागि चालु आवमा बजेट परेको बताउँदै क्षेत्र नं २ का सभासद् अतहर कमालले काम भने न्यून रुपमा मात्र भएको बताउनुभयो ।

त्यस्तै क्षेत्र नं ४ का सभासद् तथा नेपाली काँगे्रसका सभापति सुरेन्द्रराज आचार्यले मुलुक नै अस्थिर र अस्तव्यस्त बनेको समयमा पनि यहाँका काम नभएको भन्न नमिल्ने बताउनुभयो ।

उहाँले आफूले पटकपटक विकास निर्माणका काम अलपत्र परे भनेर जिल्लाका सांसद, प्रजिअ, स्थानीय विकास अधिकारीलगायत सबैलाई नदीजन्य पदार्थको निकासी विकास योजनाका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेपनि त्यो सम्भव नभएको उल्लेख गर्नु भयो । रासस