
काठमाडौं । कला क्षेत्रमा भविष्य खोज्न नेहा पोख्रेलले आफूलाई प्रवेश गराएकी छिन् । नेहा कलाकारितामा छिन् । तर उनको सपना र लक्ष्य भने ब्यक्तिगत छैन । उनी कलाकारिता गर्छिन्, कमाउछिन् । तर त्यो पैसा उनी ब्यक्तिगत रुपमा खर्च गर्दिनन् ।
उनले कलाकारिताको कमाई समाज सेवामा लगाउने गरेकी छिन् । उनको कमाईले अहिले ५ जना मेन्टल बिरामीको उपचारमा खर्च गर्ने गरेको बताइन् । अहिलेसम्म एक्लै बोझ उठाउँदै आएकी उनले कलाकारिताको कमाईले अहिले ती बिरामीहरूको खर्च नपुग्ने देखेर सहकार्य खोजी रहेकी छिन् ।
ललितपुरको धापाखेलकी नेहा पोख्रेल मोडल तथा अभिनेत्री हुन् । मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी नेहा रंगमञ्च अभिनयमा समेत चिनिएकी छन् । फेसन शोमार्फत कला क्षेत्रमा प्रवेश गरेकी नेहाले दर्जन बढी म्युजिक भिडियो अभिनय गरेकी छन् । यि मध्य केही सार्वजनिक हुन बाँकी छन् । ‘मनको ब्याथा…’, ‘मरेर नभुल्ने…’ र ‘हिजोराति सपनीमा…’ लगायत उनको चर्चित भिडियो हुन् ।
मोडल, अभिनेत्री हुन् उनी । त्यसैले राम्री नहुने त कुरै भएन । त्यसमा पनि नशालु आखा र गुलावी ओठ छन्, उनको । ‘साडीमा सारै राम्री देखिन्छु म’, उनले हसिलो मुहारमा भनिन् । त्यसो त मौसम र समय अनुसार पहिरन लगाउने उनी क्याजुल ड्रेस नै बढी प्रयोग गर्छिन् ।
हसिलो स्वभाव अनी खुलेर कुरा गर्ने शैलीकी नेहाले अहिलेसम्म जिवनसाथी भेटेकी छैनन् । उनलाई अहिलेसम्म कसैले प्रपोज पनि गरेका छैनन् । ‘म चकचके छु । सायद त्यसैले हो’, उनले अनुमान लगाइन् । आमाले खोजेको जिवनसाथी स्वीकार्ने पक्षमा छिन्, नेहा ।




















प्रतिक्रिया