१ कार्तिक २०८३, आइतबार

७४ हजार घर पुनर्निर्माणका लागि अनुदान सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Housingकाठमाडौं, ३० जेठ । भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि ७४ हजार ४ सय ८१ घरधनीले अनुदान सम्झौता गरेका छन् ।

उपत्यका बाहिरका भूकम्प अतिप्रभावित ११ जिल्लामा सम्बन्धीत गाउँ विकास समितिका सचिव र घरधनीबीच अनुदान सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

उपक्षेत्रीय कार्यालयका अनुसार रामेछाप र ओलखढुंगामा अनुदान सम्झौता अन्तिम चरणमा पुगेको छ । रामेछापमा ४३ गाविस, ओखलढुंगामा ४६ गाविसमा अनुदान सम्झौता सम्पन्न भइसकेको छ । आगामी हप्तासम्ममा रामेछाप र ओखलढुंगामा अनुदान सम्झौता कार्य सम्पन्न हुनेछ ।

अहिले ११ जिल्लामा अनुदान सम्झौता कार्य जारी रहेको छ ।

क्र.स‌ं जिल्ला अनुदान सम्झौता गर्ने घरधनी स‌ंख्या
१ रामेछाप ३१८०४
२ दोलखा १५५९४
३ धादिङ २०९८
४ नुवाकोट ७००
५ गोरखा ४८५०
६ सिन्धुपाल्चोक ३०००
७ काभ्रे ९१५
८ सिन्धुली ११००
९ ओखलढुंगा १४२०२
१० रसुवा २०८
११ मकवानपुर १०
  कूल ७४,४८१