२५ कार्तिक २०८३, बुधबार

उपराष्ट्रपति भ्रमणः नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न चीन इच्छुक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nanda-bahadur-pun

काठमाडौँ, २९ जेठ । चीनको युन्नान प्रान्तीय जनसरकारका गभर्नर चेन हाओले चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नुभएको छ ।

शनिबार अपराह्न भएको भेटका अवसरमा दुई पक्षले नेपाल–चीन सहयोगबारे विचार आदानप्रदान गर्नुभयो ।

गभर्नर चेनले चीन सरकारले उहाँको भ्रमणलाई उच्च महत्व दिएको बताउँदै युन्नानले नेपालसँग ऊर्जा, पूर्वाधार, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आपसी लाभका लागि सहयोग गर्न चाहेको बताउनुभयो । भ्रमणमा आएको नेपाली टोलीसँग युन्नानको ऊर्जा लगानी समूहले पनि नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न तीव्र इच्छा जाहेर गरेको थियो ।

सो अवसरमा उपराष्ट्रपति पुनले युन्नान प्रान्तले आर्थिक विकासमा गरेको अप्रत्यासित उपलब्धिको प्रशंसा गर्दै व्यापार तथा आर्थिक सम्बन्ध सुदृढ गर्न चाइना साउथ एसिया एक्सपो आयोजना गरेकोमा प्रान्तीय सरकारलाई धन्यवाद दिनुभयो ।

उपराष्ट्रपति पुनले युन्नानका व्यवसायीलाई नेपालमा ऊर्जा र पूर्वाधारमा लगानी गर्न आमन्त्रण पनि गर्नुभयो ।

उहाँले संविधान जारी भएपछि नेपालमा लागानीमैत्री वातावरण बनेको पनि उल्लेख गर्नुभयो । साथै उहाँले चीनले नेपालमा शान्ति प्रक्रियामा सहयोग गर्नका साथै गत वर्ष भूकम्पपश्चात् तत्काल सहायता पुर्याएको पनि उल्लेख गर्नुभयो ।

गभर्नर चेनले चीन सरकारले उहाँको भ्रमणलाई उच्च महत्व दिएको बताउँदै युन्नानले नेपालसँग ऊर्जा, पूर्वाधार, पर्यटन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आपसी लाभका लागि सहयोग गर्न चाहेको बताउनुभयो ।

दुवै पक्षले बेल्ट एण्ड रोड पहलकदमीमा सँगै काम गर्न र आपसी सम्बन्धका अन्य सम्भावना खोजी गर्ने कुरामा जोड दिएका थिए । भेटपछि उपराष्ट्रपति र नेपाली टोलीको सम्मानमा दिवा भोजको आयोजना गरिएको थियो ।

नेपाली टोलीले युन्नानको ऊर्जा लगानी समूहको भ्रमण गरेको थियो भने कम्पनीले नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न तीव्र इच्छा जाहेर गरेको थियो । उपराष्ट्रपति पुनसँग आज चीनका उपप्रधानमन्त्री वाङ याङले पनि भेट गर्नुहुनेछ ।

उपराष्ट्रपतिसँगै उहाँकी पत्नी हस्तमाली पुनमगर, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उहाँका स्वकीय सचिव शुकबहादुर रोका, चीनका लागि कार्यबाहक राजदूत निर्मलराज काफ्ले र उपराष्ट्र्रपतिका प्रेस संयोजक मनोज घर्तीसहितको चौध सदस्यीय टोली रहेको छ ।