बनेपा, २९ जेठ । काभ्रेमा विगत ६ वर्ष देखि व्यवसायि गर्दै आएकी दुर्गालक्ष्मी रञ्जीतकार सम्मानित भएकी छन् ।
शनिवार राजधानी काठमाडौँमा सद् विचार राष्ट्रिय मासिकले आफ्नो ८ औँ वार्षिक उत्सवका अवसरमा एक कार्यक्रम विच रञ्जीतकारलाइ सम्मान गरेको हो ।
उपप्रधान तथा उर्जामन्त्री टोपवहादुर रायमाझिले खादा, प्रमाणपत्रसहित उनलाई सम्मान गरेका थिए । उत्कृष्ट युवा महिला व्यवसायिका रुपमा सफल बन्दै गएकोमा उनलाइ सम्मान गरिएको मासिकका सम्पादक सितारमा सापकोटाले बताए ।
नेपालकै उत्कृष्ट युवा महिला व्यवसायिका रुपमा रहेकी रञ्जीतकार सम्मान पाउने काभ्रेकी एक मात्र हुन् । देशभरबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने १२ जनालाई सम्मान गरेको गरिएको थियो ।
जिल्लाको नासिका स्थान साँगामा रहेको यति इन्ड्रष्टीजको कार्यकारी अध्यक्ष रहेकी रञ्जीतकार उग्रतारा जनागालकी स्थायि बासिन्दा हुन् ।
















प्रतिक्रिया