१ कार्तिक २०८३, आइतबार

अब नन्दिता केसी पनि अमेरिकामै लुकेर बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nandita_KCकाठमाडौं । नेपाली फिल्म क्षेत्रमा खासै चल्न नसकेपछि नायिका नन्दिता केसीले नेपाल छाड्ने योजना बनाएकी छिन् । सानातिना फिल्ममा खेलेर प्रसंशा बटुलेकी नन्दिता पछिल्ला दिनमा फिल्ममा बेरोजगार थिइन् ।

अर्घाखाँची जिल्ला स्थायी घर भएकी नायिका नन्दिता अब अमेरिका बसाइ लामै बस्ने गरेर उडान भरेको स्रोतले जनाएको छ । अविवाहित नन्दिताले उतैतिर योग्य बर पनि खोज्ने छिन् । उनी अब नेपाल नफर्कने बताइन्छ ।

फिल्म निर्देशक सुरेश दर्पण पोखरेल, अभिनेता गणेश उप्रेत्ती, मुकेश आचार्यले पनि नेपाल छाडिसकेका छन् । उनीहरू सबै अमेरिकामा काम गरेर बस्दै आएका छन् । कार्यक्रममा भाग लिन गएका उनीहरू अमेरिकामा लुकेर बसेका हुन् ।

दिलिप रायमाझी र निरज बराल, नायिका अरुणिमा लम्साल, सुवास थापा, उषा पौडेल, निर्देशक श्याम भट्टराई, निर्देशक जोएस पाण्डे, अकेशा बिष्ट, मुकेश ढकाल, गायिका नलिना चित्रकार, गायक हेमन्त राना, नायिका राजवल्लभ कोइराला लगायतका कलाकार अमेरिकामा भासिएका छन् ।