काठमाडौं, २९ जेठ । हिजोदेखि सुरु भएको यसवर्षको युरो कप फुटबलमा आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको छ ।
शुक्रबार राति भएको उद्घाटन खेलमा रोमानियालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोलररहित बराबरीमा सकिएको खेलमा फ्रान्सले दोस्रो हाफमा खेलको ५७ औं मिनेटमा ओलिभर जिराउडको गोलबाट अग्रता लिएको थियो ।

तर खेलको ६५ औँ मिनेटमा फ्रान्सका प्याट्रिक इभ्राले निकोल स्टान्सुलाई पेनाल्टी एरियाभित्र लडाएपछि रोमानियाले पेनाल्टी पायो । र त्यसमा रोमानियाका बोगदन स्टान्सुले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलमा ८९ औं मिनेटमा फ्रान्सका लागि दिमित्री पेयटले निर्णायक गोल गर्दै २–१ को जित दिलाए । दिमित्री पेयटले अन्तिम समयमा ३० यार्डबाट सुन्दर गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण जित दिलाएका हुन् । यो म्याचमा उनी ‘नायक’ बने ।
















प्रतिक्रिया