१ कार्तिक २०८३, आइतबार

सुरेश लामाको ‘म हाँसेको हुन्छु’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suresh-Lama-selfie-Khabar-480x480नेपाली तारा सिजन–३ मा तेस्रो स्थान हासिल गर्न सफल गायक सुरेश लामाको आवाजमा रहेको गीत ‘म हाँसेको हुन्छु’ को भिडियो सार्वजनिक भएको छ ।

केही दिन अघि राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको यो भिडियो यु ट्युव च्यानल सङ्स नेपाल मार्फत भर्खरै बजारमा ल्याईएको हो । डीपी खनालको शब्द रचना रहेको गीतलाई शङ्कर थापा (स्माइल)ले सङ्गीत भरेका छन् ।

निराजन प्रधान र रश्मिको अभिनय रहेको भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका हुन् । युवा पुस्ताको माया प्रेममा एक अर्काबीचको समर्पणलाई भिडियोको कथा बस्तु बनाइएको छ ।

दर्जनौ म्युजिक भिडियो निर्देशन गरेका वाईबा पछिल्लो समय अब्बल निर्देशकको रुपमा चिनिएका छन् ।

गायक लामाको यो पहिलो म्युजिक भिडियो हो । भिडियोमा सम्पूर्ण लगानी विश्वनाथ प्रताप सिंहले गरेका छन् । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई निषान घिमिरेले सम्पादन गरेका हुन् ।