१ कार्तिक २०८३, आइतबार

नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई १६ औं वर्षमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ime-Blood-donation

काठमाडौं, २८ जेठ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेड आजदेखि आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेश गरेको छ ।

विविध सामाजिक कार्यक्रम सहित हरेक वार्षिकोत्सव मनाउँदै आएको यस कम्पनीले १५ औं वर्ष पुरा गरी १६ औं वर्ष प्रवेशको उपलक्ष्यमा रक्तदान सहितका विविध कार्यक्रम गरी मनायो ।

सामाजिक उत्तदायित्व अन्तर्गत स्वास्थ्य एवं सुरक्षा, सामाजिक सहयोग, शिक्षा र वातावरण जस्ता चार क्षेत्रमा कम्पनीले सहयोग पुर्याउदै आएको छ । यसपटकको वार्षिकोत्सवमा सेन्ट्रल ब्लड ट्रान्सफ्युजन सर्भिस र नेपाल भोल्युन्टर ब्लड डोनर सोसाइटीको सहकार्यमा पानीपोखरी स्थित केन्द्रीय कार्यालय परिषरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । त्यस कार्यक्रममा आईएमई र आईएमई ग्रुप अफ कम्पनीमा कार्यरत कर्मचारी, आईएमईका व्यावसायिक साझेदार एवं शुभचिन्तक सहित ७९ जनाले रक्तदान गर्नुभएको थियो । यसका अतिरिक्त १६ औं वार्षिकोत्सव मनाउदासम्म कम्पनीमा दश वर्ष सेवा गरेका अग्रज कर्मचारीहरु एवं विभिन्न विधामा उत्कृष्टता हाँसिल गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

Ime-blood-donation-1

वार्षिकोत्सव कार्यक्रममा शुभकामना व्यक्त गर्ने क्रममा अध्यक्ष चन्द्र ढकालले आईएमई स्थापनाका शुरुवाती चरण स्मरण गर्दै आम सेवाग्राही, कर्मचारी, व्यवसायीक साझेदार एवं शुभचिन्तक सवैको भूमिकाको प्रशंशा गर्नुभएको थियो ।

नेपालमा रेमिटेन्स व्यवसायको संस्थागत विकासमा आईएमईले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । १६ औं वर्ष प्रवेशको पुनित अवसरमा यहाँसम्मको यात्रा सफलता पुर्वक सम्पादन गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने व्यवसायिक साझेदार, कर्मचारी, नियामक निकाय, संचार जगत र शुभचिन्तक सबैमा आईएमईले धन्यवाद दिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवा प्रवाह गर्दै आएको आईएमई लिमिटेड सन् २००१ मा स्थापन भएको हो । आईएमई लिमिटेडसँग अहिले विश्वव्यापी रुपमा करिव एक लाख एजेण्ट आउटलेट, आन्तरिक रेमिटेन्स तर्फ १ सय ४० आईएमई सेन्टर ४ हजार ८ सय अन्य गरी करिव ५ हजार एजेण्ट आउटलेट रहेका छन् ।