१ कार्तिक २०८३, आइतबार

दिपा पन्तको ‘तेजी’मा केकीको गज्जबको रोमान्स (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keki-adhikari

काठमाडौं । आधुनिक गायिका दिपा पन्तको दोश्रो एल्बम तेजी बजारमा आएको छ ।

केही समयको अन्तरालमा गायिका दिपाले एम सेरिजबाट आफ्नो एल्बमलाई बजारमा ल्याईएको हो । यस अघि दिपाको एल्बम कालो गाजल हिट भएको थियो । दिलको बदला दिल दिन्छु चोटको बदला चोट दिन्छु, मलाई पनि कालो गाजल लाउनै पर्ने जस्ता उनका चलेका गीतहरु हुन् । यीनै गीतले दिपालाई सांगीतिक क्षेत्रमा चिनाईएको थियो ।

तेजी एल्बममा समावेश गीतहरु मध्ये उनले हाल झत्का बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतका रचनाकार तथा संगीतकार भने राजकुमार हुन् । गीतको भिडीयो समेत निर्माण गरिएको छ ।

जसमा नायिका केकी अधिकारी र मोडल के के अधिकारीले अभिनय गरेका छन् । दिपक मान सिंहले कोरियोग्राफि गरेको उक्त गीतलाई सामाजिक सञ्जालमा दर्शक तथा श्रोताहरुले रुचाईरहेको दिपाले बताएकी छिन् ।

करेन्टवाला झत्का गीतमा नायिका केकी अधिकारी र केके अधिकारीको रोमान्स देख्न सकिन्छ ।