१ कार्तिक २०८३, आइतबार

सिटी बसपार्क निर्माण धमाधम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

वीरेन्द्रनगर, २८ जेठ । अलपत्र परेको सर्खेतको सिटी बसपार्कको निमार्ण कार्य अहिले धमाधम भइरहेको छ ।

दुई वर्षदेखि विभिन्न कारणले अलपत्र परेको बसपार्क निर्माणको पहिलो चरणको काम उपभोत्ता समितिमार्फत सम्पन्न गरी अहिले दोस्रो चरणको काम धमाधम भइरहेको छ । गत वर्ष निमार्ण सम्पन्न भइसक्नु पर्ने काम विभिन्न कारणले सुरु हुन सकेको थिएन । सो बसपार्क निर्माण कार्य अहिले चाङ्रिला नर्सिङ जेवी कन्ट्रक्सन प्राली काठमाडाँैले वीरेन्द्रनगर नगरपालिकासँग सम्झौता गरी गर्दैआएको छ ।

रु ६ करोड ८३ लाखको लागतमा बसपार्क निमार्ण कार्य भइरहेको नगरपालिका इन्जिनियर जनक शाहीले जानकारी दिनुभयो । चार वर्षअघि बसपार्कको निमार्ण कार्य सुरु भएको हो । नगर विकास कोष काठमाडाँैको करिब रु सात करोड क्रण सहयोगमा बोलपत्रमार्फत दोस्रो चरणको काम सुरु गरिएको हो ।

अहिले विभिन्न स्थानमा अस्थायी बसपार्क बनाई यातायात सेवा सञ्चालन भइरहेको छ । रासस