काठमाडौं । यतिवेला मुस्लिमहरुको महान पर्व रमजान पर्वलाई नेपाल लगाएत विश्वका मुस्लिमहरुले भव्यरुपमा मनाई रहेका छन् ।
वर्षको एक पटक एक महिनासम्म मनाउने यो पर्वले मुस्लिम समुदायमा विशेष महत्व राख्ने गर्दछ ।मुस्लिमहरुले रमजान शुरु भएपछि हरेक दिन विहान ४ बजे फजिर नमाजदेखी साँझ घाम अस्ताइसकेपछि मग्रिप नमाजपछि मात्रै खाना खाने गर्दछन् । सक्नेले यो समयसम्म ब्रत बस्नैपर्ने हुन्छ तर वृद्धा बिरामी तथा बालबालिकाले भने ब्रत नबस्दा पनि हुन्छ ।
आफ्नो संस्कृतिलाई जोगाउनको लागि पनि सक्नेले अनिवार्य रुपमा रामजानको ब्रत बस्नैपर्ने मान्यता यो समुदायमा रहेको छ ।
मुस्लिम संस्कृतिअनुसार हरेक दिन दिन ५ पटक नमाज पढ्ने र रमजान महिनाभरि कुरान पनि पढ्ने गर्दछन् । बिहान ४ बजे फजिर नमाज, दिउँसो २ बजे जोहार नमाज, साँझ ४ बजे असिर नमाज, साँझ ७ बजे मग्रिप नमाज र राति ९ बजे इशा नमाज पढ्ने गरिन्छ । १ महिनासम्म चल्ने यो रमजान पर्व ३० औं दिन अर्थात यस पर्वको अन्तिम दिन इदको चाँद हेरेर त्यसको भोलिपल्ट इद मनाइने गरिन्छ । रमजनाको समयमा मुस्लिमहरुले आफुँले सक्ने दान दक्षिणा समेत गरिब दुखिलाई दिने गर्दछन् ।
नेपाली चलचित्र क्षेत्रकी प्रथम मुस्लिम नायिका सानिया खानले पनि हरेक वर्ष यसपर्वमा रोजा वस्दै आईरहेकी छिन् ।यस वर्ष पनि खानले सदाझै एक महिना रोजा बसेर रमजान पर्व मनाउँदै छिन् । यो पटक कामलाई अलि कम समय दिएर रमजानलाई परिवारका साथ मनाउने अठोट उनिले गरेकी छिन् । आफुँ मुस्लिम भएकोले रमजान आफ्नै र विशेष लाग्ने गर्दछ । त्यसैले पनि यो पर्वलाई खुसियालिका साथ मनाउने गर्दछु । सानिया अगाडी भन्छिन् यस पटकको रमजानले सवैको अनुहारमा खुशी छाओस्, नेपाली चलचित्र क्षेत्रको विकास र विस्तार होस् भन्ने कामना पनि गरेकी छिन्, नायिका खानले खेलेको चलचित्रको केहि दिनमा गीत र प्रोमो समेत सार्वजानिक हुने भएको छ ।















प्रतिक्रिया