१ कार्तिक २०८३, आइतबार

राजन र बाबुरामले कसलाई दिए ‘जाले रुमाल’ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam_Adhikari_Jale_Rumalकाठमाडौं । चर्चित गायक राजन ठकुरीले आफ्नो शब्द र संगीतमा ‘जाले रुमाल…’ बोलको गीत बजारमा ल्याएका छन् । उनलाई गायनमा बाबुराम अधिकारीले साथ दिएका छन् ।

आदर्श डिजिटल (प्रा)लि.ले बजारमा ल्याएको ‘जाले रुमाल…’को भिडियो पनि तयार भइसकेको छ । भिडियोलाई फिल्म निर्देशक देवेन्द्रराज पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा सज्जन हमाल र लीला गिरीले अभियन गरेका छन् ।

‘जाले रुमाल…’मा स्वर दिएका गायक अधिकारीले गीतसंगीतको क्षेत्रमा पाँच वर्षदेखि संघर्ष गरिरहेका छन् । गायक अधिकारीले थुप्रै गीतहरूमा स्वर दिएका छन् ।

लामो समय दोहोरी साँझमा गीत गाएर स्वरलाई तिखारेका गायक अधिकारीले राजनको गीतमा स्वर दिन पाउँखा खुसी लागेको बताउँछन् ।

‘राजन ठकुरी जस्तो कलाकारको गीतमा गाउँन पाउँदा खुसी छु’, गायक अधिकारीले भने, ‘आगामी दिनमा पनि उहाँसँग काम गर्ने इच्छा ।’