१ कार्तिक २०८३, आइतबार

धरहरा बनाउन सैनिक श्रीमतीको २५ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharahara_Rebuild_Army_Wife_Avocation_Donate_2.5_million_276081729

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक श्रीमती सङ्घले धरहराको नवनिर्माण गर्न सहयोगस्वरुप रु २५ लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई सङ्घकी अध्यक्ष श्रीमती रीता क्षत्रीले आज प्रधानमन्त्री निवास बालुवाटारमा धरहरा पुनःनिर्माण कोषमा रहने गरी रु २५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सङ्घले भूकम्पपीडित आवास व्यवस्थाका लागि रु १४ लाख उपलब्ध गराएको थियो । भूकम्पबाट क्षति भई पुनःस्थापना गर्नुपर्ने सामुदायिक विद्यालय छनोटको प्रक्रियामा रहेको हुँदा छनोट कार्य सम्पन्न हुनासाथ विद्यालय निर्माणका लागिसमेत सङ्घले आर्थिक सहयोग प्रदान गर्ने लक्ष्य लिएको छ ।

भूकम्पबाट क्षति भएको ऐतिहासिक भीमसेन स्तम्भ, सामुदायिक विद्यालय भवनको पुनःनिर्माण तथा सङ्घको कल्याणकारी राहतका कार्यक्रमलाई कोष व्यवस्थापन गर्न भारतीय एवम् नेपाली कलाकारको सहभागितामा ‘अमर पक्षी’ साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको थियो । रासस