१ कार्तिक २०८३, आइतबार

विद्युतविहिन उदासीपुर, पोल छ-बत्ति छैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pol-bidut-1

धनगढी, २७ जेठ । कैलालीको उदासीपुर गाविसमा अहिलेसम्म पनि बिजुली बल्न सकेको छैन् । महेन्द्र राजमार्गबाट करिब ८ किलोमिटरको दरीमा मात्रै रहेको सो गाविसमा अहिलेपनि विजुली पुग्न नसकेको हो ।

गाविसको वडा नम्बर दुई २ भैसासुरका प्रायः सबै र वडा नम्बर १ को उदासीपुरका केही घरधुरीमा बाहेक अन्य ठाउँमा विद्युत लाइन पुगेको छैन । वडा नम्बर १ उदासीपुरमा पनि सबै घरधुरीमा विद्युत पुग्न सकेको छैन । यीं दुबै गाविसमा पनि छिमेकी गाविस मसुरियाबाट विद्युत लाइन तानिएका कारण विद्युतीकरण भएको स्थानीयले बताएका छन् । अन्य सबै गाविस विद्युत विहीन छन् । वषौंदेखि अन्धकारमा रहेका उदासीपुरबासीले विद्युतको लागि माग गर्दै आएका छन् । गाविसबासीले माग गरेपछि दुई वर्षअघि गाविसका केही ठाउँमा पोल र केही ठाउँमा पोल सहित तार जडान गरिएपनि विजुली भने बल्न सकेको छैन् ।

गाविसमा विद्युतलाइन नपुग्दा उदासीपुरबासी उदास भएका छन् । विगतदेखि नै अध्याँरोमा बस्न बाध्य भइरहेका गाउँबासीमा दुई वर्षअघि गाउँमा पोल गाडेपछि विजुली बल्छ भन्ने आशा पलाएपनि त्यो आशा पुरा हुन सकेको छैन् । दुईवर्ष अघि नै उज्यालोमा बस्न पाइन्छ भन्ने गाउँबासीका आशा निराशामै परिणत भयो । आर्थिक अवस्था राम्रो भएका भएका केही व्यक्तिहरुले सोलार बत्ति जडान गरेका भएपनि गाविसका अधिकांश व्यक्तिहरुले अन्य विकल्प रोजेका छन् । विद्युत नहुँदा स्यानीयबासीले विगतदेखि दुःख भोगिरहेको स्थानीय ……ले बताउनुभयो ।

उहाँले उदासीपुरबासीको मागपछि बल्ल बल्ल गाउँमा पोल गाडिएपनि विजुली कहिले बल्ने हो कुनै थाहा नभएको बताउनुभयो । ‘सुगम जिल्लाको दुर्गम गाविस जस्तै भएको उदासीपुर गाविस,’ उहाँले भन्नुभयो–‘विद्युतको लागि विद्युत कार्यालयमा कति धाइयो कति ।’ स्थानीय लक्ष्मी उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज चौधरीले विद्यतको अभावमा स्थानीयले विगतदेखि नै उज्यालोबाट बञ्चित हुनुका साथै फोन सेवाबाट पनि विमुख हुनुपरेको बताउनुभयो ।

उहाँले विद्युत अभावकै कारण स्थानीयले नमस्तेको फोन चलाउन नपाइरहेको बताउनुभयो । महेन्द्रराजमार्गबाट करिब ८ किलोमिटरको छोटो दुरीमा रहेको गाविसमा पनि विद्युत नहुनु दुःखको कुरा भएको लापा कार्याक्रमका जिल्ला संयोजक सन्तोष खनालले बताउनुभयो ।

उहाँले यस्ता विषयहरुलाई उठान गरेर स्थानीयबासीलाई विद्युतको पहुँचमा पुर्याउनुपर्ने बताउनुभयो । पोल गाडेको पनि धेरै भइसकेको रहेछ,’ उहाँले भन्नुभयो,- ‘उदासीपुरबासीले उज्यालो कहिले पाउने हो कुन्नी ।’

विद्युतको लागि स्थानीयबासीले पनि सक्रिय हुन आवश्यक रहेको उहाँको भनाई छ ।

गर्मीले गाविसको काम कार्यालय बाहिर

उदासीपुर गाविस नै विद्युत विहीन भएको अवस्थामा गर्मीका कारण गाविसको कामकाज पनि कार्यालय बाहिर सडक छेउको रुखको छहारीमा हुने गरेको छ । विद्युत नहुँदा शितलताका लागि फ्यान चलाउन नसकिने हुनाले गर्मीमा विकल्पमा गाविसको काम सडक छेउमै हुने गरेको हो । यो मौसममा पानी परेको दिन बाहेक गाविस कार्यलयाको काम बाहिर नै हुने गरेको छ ।

द्वन्द्वकालदेखि नै स्थानीय लक्ष्मी उच्च माविको कोठामा सञ्चालन भइरहेको गाविस कार्यालयमा अहिले गर्मी हुने हुँदा कामकाज बाहिर सडक छउकै रुखको छहारीमा हुने गरेको गाविस सचिव दुर्गाप्रसाद खनालले बताउनुभयो ।

उहाँले विद्युत लाइन सुचारु नहुँदासम्म गर्मीयाममा बाहिरै बसेर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । द्वन्द्वकालदेखि नै उदासीपर गाविसको कामकाज विद्यालयमा सञ्चालन भइरहेको छ । गाविस कार्यालयको नयाँ भवनको निर्माण भइरहेको सचिव खनालले बताउनुभयो ।