२५ कार्तिक २०८३, बुधबार

मुम्बईमा फेरि अर्का नेपालीले ज्यान गुमाए, चार लाख राहत दिने सहमति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mirtak– शेरबहादुर थापा

मुम्बई, २७ जेठ । भारतको मुम्बईमा एक नेपाली युवाको करेन्ट लागेर मृत्यु भएको छ । कृष्णपुर नगरपालिका– १, निगाली कञ्चनपुर स्थायी घर भएका २२ वर्षीय सन्तोष आउजीको मृत्यु भएको हो ।

करीब ३ महिनादेखि भायन्दरस्थित एक होटलमा हेल्परको काम गर्दै आएका आउजीलाई काम गर्दै गदा बुधबार राति करेण्ट लागेको थियो ।

मृतक आउजीलाई करेन्ट लागेपश्चात तिनवा अस्पताल भायन्दरमा भर्ना गरिएको थियो । यद्यपि चिकित्सकहरूले उनलाई तत्काल मृत घोषित गरेका थिए ।

उनको सोही अस्पतालमा पोष्टमार्टम गरिएको छ । उनको बिहीबार दाहसंस्कार पनि गरिने प्रवासी नेपाली संघ भारतका राज्य सचिव वीएस ओडले बताए ।

मृतकका आफन्त तथा होटल मालिकवीच मृतक आउजीका परिवारलाई राहत स्वरुप चार लाख पच्चीस हजार दिलाउने सहमति भएको राज्य अध्यक्ष कटक शाहीले बताए ।

मृतक सन्तोषका दुई वर्षीय छोरा र श्रीमती छन् ।