१९ कार्तिक २०८३, बिहिबार

रेडक्रस बागलुङमा लागेको ताला खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????????

– युवराज कंडेल

बागलुङ, २६ जेठ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङले विधि विपरित उपशाखा गठन र तदर्थ समिति गठन गरेको भन्दै तीन वटा उपशाखाले लगाएको ताला एक सातापछि बुधवार खुलेको छ ।

असन्तुष्ट उपशाखाका तर्फबाट उठाइएका विषयहरु विधान बमोजिम भए नभएको यथार्थ छानवीन गरी निर्देशन गर्ने गरी केन्द्रिय कार्यालयमा अनुरोध गर्ने सहमति पछि ताला खोलिएको हो ।

भीमापोखरा, रेश र बा.न.पा.–८ को विवादित रेडक्रस सदस्यता, अधिवेशन सम्बन्धि सम्पूर्ण रजिष्ट्रर तथा निर्णय अभिलेख छुट्टै कोठामा राखेर ताला लगाएर छानविनका लागि केन्द्रलाई दिने सहमति पछि ताला खुलेको हो ।

विवादित कागजातहरु रेडक्रसकै एउटा कोठामा राखेर दुवै पक्षको ताला लगाई केन्द्रलाई छानविनका लागि दिने गरी ताला खोलिएको भीमापोखरा उपशाखाका खिमबहादुृर कार्कीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको संयोजनमा मंगलवार रेडक्रस जिल्ला शाखा सभापति तथा असन्तुष्ट उपशाखाका प्रतिनिधि बीचको बैठकले एक सातादेखि लगाइएको ताला खोल्ने निर्णय गरेको थियो ।

नेपाल रेडक्रस सोसाईटीको संशोधित विधान २०७१, नियमावली २०४९ को दोस्रो संशोधन ०५९ को दफा ४७ (२) अनुसार एउटै शाखा अन्तर्गत उपशाखाबीच कुनै विवाद भएका सम्बन्धि विवाद समाधानको लागि केन्द्रिय कार्यालयले पहल गर्ने व्यवस्था रहेको छ ।

उपशाखा गठन, तदर्थ समिति निर्माण, सदस्यता वितरण लगायतका विषयमा जिल्ला शाखाले एक लौटी ढड्डबाट काम गरेको भन्दै नेपाल रेडक्रस सोसाईटी भीमापोखरा उपशाखा, रेश र बानपा–८ ले संयुक्त रुपमा जेठ १९ गते जिल्ला शाखा कार्यालयमा तालाबन्दी गरेका थिए ।