काठमाडौँ, २६ जेठ । नेपाल टेलिकमको रिचार्ज गर्ने तरिका फेरिएको छ ।
बुधबारदेखि लागु हुनेगरी टेलिकमले पुरानो तरिका बदलेर रिचार्ज गर्ने नयाँ तरिका ल्याएको हो ।
यसअघि टेलिकमका प्रयोगकर्ताहरुले ८४११८ पिन नम्बर ३ डायल गरि रिचार्ज गर्दै आएकोमा अब भने * ४१२* पिन नम्बर # गरेर प्रिपेड मोबाइल रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।
पोस्टपेड मोबाइलका लागि *४१२ * पिन नम्बर * १० # डायल गरेर रिचार्ज गर्न सकिने जनाएको छ । अबदेखि एउटै रिचार्ज कार्डबाट GMS तथा CDMA मोबाइलमा रिचार्ज गर्न समेत सकिने छ ।
रिचार्ज गर्ने नयाँ तरिका:
• *412*Pin Code# डायल गर्ने वा
• 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने
• GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने •
CDMA का लागि 1415 डायल गर्ने
• http;//webrecharge.ntc.net.np मार्फत गर्ने Recharege भए नभएको थाहा पाउन सकिने ।
















प्रतिक्रिया