काठमाडौं, २५ जेठ । वरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
मंगलबार अपराह्न गुरुङको हिन्दू र बौद्ध दुबै विधिद्धारा पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।
उपचारका क्रममा मंगलबार विहान ग्राण्डी अस्पतालमा अन्तिम सास लिएका ७९ वर्षीय गुरुङको पार्थिव शरीरमा रक्षामन्त्री भीम रावलले सरकारका तर्फबाट राष्ट्रिय झण्डा ओढाउँदै सम्मान गरे । त्यसलगत्तै नेपाली सेनाको एक टुकुडीले पशुपति आर्यघाटमा अन्तिम सलामी अर्पण गरेको थियो ।

यसअघि अस्पतालबाट कमलादीस्थित प्रज्ञा भवन ल्याइएको शवलाई श्रद्धाञ्जलीका लागि दिउँसो ३ बजेसम्म त्यहाँ राखेर शवयात्रा सुरु भएको थियो ।
गुरुङलाई अन्तिम श्रद्धाञ्जली दिन उपप्रधानमन्त्री भिम रावलको नेतृत्वमा सरकार मन्त्रीहरु, उच्चपदस्थ अधिकारी, कलाकार र हजारौं सर्वसाधारण आर्यघाट पुगेका थिए ।
















प्रतिक्रिया