काठमाडौं, २४ जेठ । यही जेठ ३० गते पार्टी घोषणा गर्ने तयारीमा रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई अप्ठेरोमा परेका छन् ।
काठमाडौंको खुलामञ्चमा आयोजना गरिएको राष्ट्रिय सम्मेलन आउन ४ दिनमात्र बाँकी रहँदा नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद्का सदस्य अरुणकुमार साह जेल परेपछि बाबुरामलाई तनाव भएको हो ।
चोरी अभियोगमा फरार नयाँ शक्तिका सप्तरी संयोजक समेत रहेका साहलाई जिल्ला अदातलको निर्णय बमोजिम पक्राउ गरी थुनामा राखिएको स्थानीय प्रहरीले जनाएको छ ।
अदालतले उनलाई ४ वर्ष थुनामा राख्न आदेश दिएको थियो । उनी पक्राउ परेपछि नयाँ शक्तिका कार्यकर्ताले सप्तरीमा चक्काजाम गर्न खोजेको थिए । तर, प्रहरीले प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको छ ।
सप्तरीमा केन्द्रीय सदस्य पक्राउ परेपनि बाबुरामले केन्द्रमा पार्टी घोषणाको तयारीलाई तीव्र पारेका छन् ।













प्रतिक्रिया