१ कार्तिक २०८३, आइतबार

खाद्य मेला असारमा आयोजना गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

foodकाठमाडौँ, २५ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी असार १० र ११ गते यहाँ खाद्य मेला आयोजना गर्ने भएको छ ।

स्थानीय खाद्य वस्तुको प्रवर्द्धन तथा खानेबानीको ज्ञान बढाउने उद्देश्यले देशका परम्परागत स्थानीय खाद्य पदार्थ, उद्यमी व्यवसायी, जाति विशेष खाद्य पदार्थ सहित मेला आयोजना गरिने छ ।

यस किसिमको मेला यही जेठ २१ र २२ गते ओखलढुङ्गामा सम्पन्न भएको विभागले जनाएको छ । यही जेठ २९ र ३० गते सिन्धुली तथा असार ३ र ४ गते लमजुङमा गर्न लागिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिनुभयो ।

उहाँले कुपोषण न्यूनीकरणका लागि भूकम्पबाट असर परेका विभिन्न जिल्लामा पनि यस्तो मेला आयोजना गरिने बताउँदै दुर्गम पहाडी क्षेत्र लगायत देशका विभिन्न भागमा स्थानीय खाद्य परिकारको उपभोग बढाउन र खाद्यान्नमा परनिर्भरता कम गर्न स्थानीय कृषि उत्पादनबारेमा मेला उपयोगी हुने बताउनुभयो ।

खानेबानी सुधारका लागि विभिन्न क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुने तर अल्प प्रचलनमा रहेका पोसिला खाद्य पदार्थको जानकारी गराउन तथा त्यसको प्रवर्द्धन गर्न विभागले यस्तो अभियान चलाएको जनाएको छ । रासस