२५ कार्तिक २०८३, बुधबार

प्रवासमा जन्मेर नेपाली गीतसङ्गीतमा योगदान गर्ने अम्बर गुरुङ, यस्तो छ संक्षिप्त जीवनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ambar gurung(4)

काठमाडौं, २५ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन भएको छ । उहाँको मंगलबार विहान २ बजेर ३७ मिनेट निधन भएको उहाँ उपचाररत ग्राण्डी अस्पतालका चिकित्सक डा चक्र पाण्डेले जानकारी दिनुभयो ।

को हुन अम्बर गुरुङ ?

विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उहाँको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभयो । उहाँको पहिलो गीत ‘नौलाख तारा उदाए…’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित हुनुभयो । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उहाँले सङ्गीतबद्ध गर्नुभएको थियो । त्यस्तै ‘फर्केर हेदार्’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उहाँले सङ्गीत भर्नुभएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले बताउनुभयो ।

त्यसैगरी उहाँले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब ५०० गीतमा सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो । सरकारले उहाँलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भर्नुभएको थियो भने छ÷सात सय गीत उहाँकै शब्द र स्वरमा रहेका छन् । रासस

ambar gurung-death

jl/i7 ;ªuLtsf/ cDa/ u'?ªsf] lgwg af/] hfgsf/L u/fpFg u|fG8L cGt/f{li6«o c:ktfndf d+ªuaf/ ul/Psf] kqsf/ ;Dd]ngdf pkrf/df ;+nUg lrlsT;s 8f rqm/fh kf08] nufot . tl:a/ M /f]zg ;fksf]6f,/f;;

u|fG8L cGt/f{li6«o c:ktfndf jl/i7 ;ªuLtsf/ :j cDa/ u'?ª k|fy{s zl//df >¢f~hnL lbb}{ kl/jf/sf ;b:o tyf ;ªuLtk|]dL . tl:a/ M /f]zg ;fksf]6f,/f;;

u|fG8L cGt/f{li6«o c:ktfndf jl/i7 ;ªuLtsf/ :j cDa/ u'?ª k|fy{s zl//df >¢f~hnL lbb}{ kl/jf/sf ;b:o tyf ;ªuLtk|]dL . tl:a/ M /f]zg ;fksf]6f,/f;;