२५ कार्तिक २०८३, बुधबार

दाङमा ट्रिपर पल्टिदा ३ जनाको मृत्यु, १ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tripperदाङ, २५ जेठ । दाङ जिल्लाको सैँघा गाविसमा ट्रिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार राति सवा ८ बजे सैँघा– २ पेदामा रा २ ख ९४७ नम्बरको ट्रिपर नियन्त्रण गुमाएर पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय १९ वर्षीय अजय नेपाली लगायतका रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय खिमबहादुर सार्कीलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके पठाइएको छ ।