२५ कार्तिक २०८३, बुधबार

लामो समयपछि नेविसंघको केन्द्रीय समिति बस्दै, महाधिवेशनमा छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Student-Union-Nebisangकाठमाडौं, २५ जेठ । महाधिवेशनका विषयमा छलफल गर्न नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

नेपाली कांग्रेसको ललितपुर सानेपास्थित मुख्यालयमा बस्ने नेविसंघको बैठकले महाधिवेशनको मिति र स्थानका विषयमा निर्णय हुने प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।

‘नेविसंघको महाधिवेशन असार मसान्तभित्र गर्ने गरेर अध्यक्ष रञ्जित कर्णको प्रस्ताव आउँदैछ’, उहाँले भन्नुभयो, ‘नेविसंघको महाधिवेशन काठमाडौं, पोखरा, चितवन र बिराटनगरमध्ये एकस्थानमा गर्ने निर्णय हुनेछ ।’

बैठकले संघीय प्रावधान अनुसार केन्द्रीय समितिको संख्या र संरचनाका विषयमा पनि निर्णय गर्नेछ ।

नेविसंघको केन्द्रीय समिति बैठकमा संघको नीति तथा कार्यक्रम र शैक्षिक विषयहरूमा पनि छलफल हुने प्रवक्ता लामिछानेले बताउनुभयो । बैठक बिहान एघार बजेपछि बस्ने कार्यक्रम छ ।

झण्डै एक दशकदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन । महाधिवेशन गराउन पटक पटक निर्देशन र दबाब दिइएपनि नेतृत्वले इच्छाशक्ति नदेखाउँदा नेविसंघ निश्क्रिय भएको हो ।