१ कार्तिक २०८३, शनिबार

काठमाडौंमा फ्रान्सले केबलकार निर्माण गर्ने, प्रतिवेदन सरकारलाई बुझायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?

काठमाडौं, २४ जेठ । काठमाडौं उपत्यकामा केबलकार चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा फ्रान्सले सहयोग गर्ने भएको छ ।

उसले विभिन्न रुटमा चल्नेगरी केवलकार निर्माण गरिदिने भएको हो । त्यसका लागि काठमाडौंस्थित फ्रान्सको दूतावासले आफै अध्ययन समेत गरेको छ ।

काठमाडौं उपत्यकामा केवल कार निमार्णका लागि गरिएको फिजिभिलिटी अध्ययन प्रतिवेदन दूतावासले सोमबार सरकारलाई बुझाएको छ ।

काठमाडौंका लगनखेल–जमल, टंकेश्वर–गोगंबु, कलकी–रत्नपार्क र बौद्धनाथ–विष्णुमती रुट गरी चार ठाउँबाट केबलकार चलाउन सकिने तथ्यसहित केवलकार निमार्णको फिजिभिलिटी अध्धयन प्रतिवेदन सरकारलाई बुझाएको दूतावासले जनाएको छ ।

cablecar-in-kathmandu

फ्रेन्स राजदूत यभ्स कारमोनाले सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएका हुन् ।

यद्यपी फ्रान्सले यो योजना धेरै पहिला ल्याएको थियो । जून तत्कालिन सरकारले स्वीकृत गरी अध्ययन गर्ने जिम्मा फ्रान्सलाई दिएको थियो ।  त्यति बेला नै उसले यो परियोजनामा लगानी गर्ने इच्छा देखाएको थियो ।

फ्रान्सले अध्ययन सकेर आज सरकारलाई रिपोर्ट बुझाएको हो । अब सरकारले निर्माणको अनुमति दिए काठमाडौं उपत्यकामा केही वर्षभित्रै चार ठाउँबाट केबलकार चल्नेछ ।

यस्तो छ फ्रान्सले बुझाएको अध्ययन प्रतिवेदनः

अध्ययन प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुस्ः