१ कार्तिक २०८३, आइतबार

महिलालाई सशक्त बनाउन आत्मरक्षा तालिम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-Tranning

काठमाडौ, २४ जेठ । भैपरी आएको अवस्थामा आफ्नो रक्षा कसरी गर्ने भन्ने उद्देश्यले महिलाको निम्ती महिला मञ्च नेपालले आजदेखि १० दिने आत्मरक्षाको तालिम सुरु गरेको छ ।

तालिमको पहिलो दिन परितरन नेपाल संस्थाका निर्देशक विक्रान्त पाण्डेले शहर बजारमा बढ्दै गईरहेको महिलामाथिको घटना, सार्वजनिक यातायातमा हिड्दा महिलामाथि हुने दुर्व्यवहार बढेको तथ्यलाई मध्यनजर गर्दै परितरन नेपालले सन् २०१४ देखि आत्मरक्षाको तालिमलाई निरन्तरता दिइरहेको जानकारी दिए । साथै आत्मरक्षाको तालिमले मानसिक र शारीरिक रुपमा जो कोहिलाई पनि सक्षम गराउने पाण्डेको भनाई थियो ।

Women-Tranning-1

मनोरन्जन तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकहरुलाई लक्षित गरेर दिइएको सो तामिलममा १० दिनसम्म आत्मरक्षाबारे शारीरिक ज्ञान दिइने महिलाको निम्ती महिला मञ्च नेपालकी कार्यकारी निर्देशक सृजना पुनले बताइन् ।

मनोरन्जन तथा अनौपचारिक क्षेत्रमा कार्यरत २५ महिला श्रमिकहरुको उपस्थिति रहेको छ ।

तालिममा परितरन नेपालका आत्मरक्षाको बारेमा उद्यव थापामगर, निर्मला तामाङ र पूजा गुरुङ गुरुहरुले प्रशिक्षण दिइरहेका छन् ।